राजावादी समूहले आज माइतीघरमा प्रदर्शन गर्दै

केन्द्रभाग मिडिया

file photo

काठमाडौँ ।

राजावादी समूहले शुक्रबार राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका छन् । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा माइतीघरमा प्रदर्शन हुन लागेको राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी दिए ।

यसअघि राजावादी समूहले बिहीबार राजधानीको शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गरेको थियो ।

राजावादी समूहले राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाका साथै संघीयता खारेजीको माग गरेर बिहीबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु भएको बताएको छ ।

राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन रहेका छन् ।

  • १६ जेष्ठ २०८२, शुक्रबार ११:२० प्रकाशित