आज अमेरिकी र अस्ट्रेलियन डलरसहित यी मुद्राको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनार, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । तर, युरोसहितका मुद्रा भाउ भने घटेको छ ।

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८८ पैसा थियो ।

त्यसैगरि आज युरो एकको खरिददर १५४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७५ पैसा छ । हिजो युरो एकको खरिददर १५४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५५ रुपैयाँ थियो । त्यस्तै आज पाउन्ड एकको खरिददर १८३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ६७ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५८ पैसा थियो । त्यसैगरि अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८८ रुपैयाँ २६ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रुपैयाँ १३ पैसा थियो ।

त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ६० पैसा र बिक्रीदर ४४६ रुपैयाँ ५६ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ९८ पैसा थियो । आज बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ७१ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ०६ पैसा थियो ।

  • १६ जेष्ठ २०८२, शुक्रबार ०७:३६ प्रकाशित