काठमाडौं ।
सरकारले रासायनिक मलको आपूर्ति ६ लाख मेट्रिक टन पुर्याउने भएको छ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेटमा यस्तो घोषणा गरेका हुन् ।
रासायनिक मलका लागि आगामी आवमा सरकारले २८ अर्ब बजेट विनियोजन गरेको छ ।रासायनिक मल कारखाना स्थापनाको तयारी गरिने समेत बजेटले घोषणा गरेको छ ।














