लमजुङ ।
सुन्दर बजार नगरपालिका–९ बुद्धटोलस्थित भरत थापाको घरमा आगलागी हुँदा भाडामा बसेकी एकल महिलाको जलेर ज्यान गुमेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापाको ज्यान गुमेको हो ।
आज बिहान करिब ३ः३० बजे आगलागी भएपछि र प्रहरी र स्थानीयले उनी बसेको कोठाको ढोका फोरेर उद्धार गरेका थिए । जलेर गम्भीर घाइते भएकी उनको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा ज्यान गुमेको हो ।














