प्रतिनिधिसभा बैठक : विपक्षी सांसदहरूद्वारा उठेर विरोध

गृहमन्त्रीको राजीनामा माग

केन्द्रभाग मिडिया

file photo

काठमाडौँ ।

प्रनिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाएका छन् । प्रतिपक्षी दलका सांसदहरू उठेपछि सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनलाई बोल्न दिए ।

पुनले बोल्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको दायरामा राखेको र त्यो विषयमा गृहमन्त्री रमेश लेखकको सचिवालय पनि जोडिएको देखिएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गर्दै त्यो नहुँदासम्म सदनको कारबाही अघि बढाउन नदिने बताए ।

यस्तै रास्वपाका सांसद शिशिर खनालले पनि गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नसक्ने बताए ।

  • १३ जेष्ठ २०८२, मंगलवार १२:०० प्रकाशित