पोखरा र देउखुरीका होटल व्यवसायी बीच अन्तरक्रिया

पोखरा छोटो दुरीमा धेरै पर्यटकीय प्रोडक्ट भएको अनुपम ठाउँ : प्रमुख चौधरी

केन्द्रभाग मिडिया

घोराही ।
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले छोटो दुरीमा धेरै पर्यटकीय स्थलको अबलोकन गर्न पाइने र आनन्दको अनुभव गर्न पाइने पोखरा एक अनुपम स्थल रहेको चर्चा गरेका छन् । पृथ्वी होटल व्यवसायी समितिले प्राकृतिक ‘पोखरा जाऊँ प्रकृतिसँग रमाऔं, पोखरा भ्रमण वर्ष २०२५ सफल पारौं’ भन्ने नारासहित घोराही आइपुगेको टोलीलाई स्वागत गर्दै उनले यस्तो चर्चा गरेका हुन् ।

पर्यकटन क्षेत्र देशको आर्थिक मेरुदण्ड रहेको बताएका उनले पोखरा यसको मुख्य केन्द्र रहेकोमा दुईमत नरहेको धारणा राखे । सरसफाई, व्यवसायीक वातावरण तयार पार्ने कूरामा पोखरा महानगर र व्यवसायीको सहकार्य उदाहरणीय रहेको उनले बताए ।उनले अहिले सकारात्मक धारणाको कमि रहेको भन्दै सकारात्मका पक्षलाई हेरेर आगडि बढ्नुपर्ने धारण राखे । पर्यटन भ

नेकै राम्रा कुराको प्रचार गर्ने विषय भएकाले त्यही अनुरुप सकारात्मक भएर अगाडि बढ्न उनले व्यवसायीलाई आग्रह गरे ।
प्रमुख चौधरीले जसले घर बहालमा लगाउँछ उसैले बहाल कर तिर्नुपर्नेमा दुईमत नरहेको उल्लेख गरे । पहिले व्यवसाय राम्रो हुँदा व्यवसायीले घरबहादल तिरेपनि अहिले व्यवसायी समस्यामा रहँदा कानून अनुरुप घरधनीले नै तिर्नुपर्ने उनले प्रष्ट पारे ।
घोराही उपमहानगरपालिका भित्र पनि धेरै पर्यटकीय स्थल रहेका चर्चा गरेका उनले एउटा सडकलाई हप्तामा एक पटक फुड फेष्टिबल मनाउने मोडेलमा जाने सोच बनाएको जानकारी दिए ।

उनले पोखरा आएका पर्यटकलाई दाङ र दाङ आएका पर्यटकलाई पोखरा पठाउने वातावरण बनाउन व्यवसायी व्यवसायीका बीचमा सहकार्य गर्न उनले आग्रह गरे । त्यसका लागि वातावरण बनाउन आफूहरु तयार रहेको उनको भनाई थियो ।

पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष अम्बिका घिमिरे (अमृत)ले पोखरा महानगरपालिकाले देशकै पर्यटकीय राजधानी पोखरालाई पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरिएकाले उत्साहित हुँदै प्रर्वद्धनात्मक कार्यक्रम लिएर आएको जानकारी दिए । उनले खाना तथा आवासमा २० प्रतिशत छुट, त्यसैगरी सहासिक खेल (बञ्जीजम्प, प्याराग्लाइडिङ, जिपफ्लाइङ) मा १० प्रतिशत छुट लागायतका प्याकेज घोषणा गरिएको बताए ।

दाङ देउखुरी होटल व्यवसायी समितिका सल्लाहकार ओविन्द्रबहादु महराले नकारात्मक प्रचारले हामी झन पिडामा हुन्छ । पोखरा प्राकृतिकसहित धेरै हिसावले उत्कृष्ठ रहेकाले मौका मिल्ना साथ पोखरा जाउँ जाउँ हुने चर्चा गरेका उनले पोखरामा अब भारतीय र चीनबाट कसरी पर्यटक भित्र्याउन सकिन्छ भनेर बहस चलाउनुपर्ने धारण राखे ।

दाङ देउखुरी होटल व्यवसायी समितका अध्यक्ष इश्वरकुमार बुढामगरले पोखरा विश्वकै अग्लो त्रिशुल रहेको र अन्य पर्यटकीय प्रोडक्ट रहेको जानकारी दिए । उलने पोखराको व्यवसायीको आगमनले पर्यटन क्षेत्रमा उत्साह छाएको आफूले महसुस गरेको उल्लेख गरे । उनले पोखरा र दाङका व्यवसायी मिलेर आगामी दिनमा अगाडि बढ्ने प्रतिवद्धता जनाए ।

आफूहरुको क्षेत्रमा दर्जनौं जलाशय क्षेत्र रहेको बताएका उनले यी जलाशयले धेरै नै विकासको आधार खडा गरेको उल्लेख गरे ।
पृथ्वी होटल व्यवसायी समितिका निवर्तमान अध्यक्ष बालकृष्ण न्युरेले पर्यटन प्रर्वद्धनात्मक कार्यक्रमको बारेमा जानकारी दिए । उनले घरधनीले घरबहाल कर तिनुपर्नेमा व्यवसायीले नै घरबहाल कर तिर्नुपरेको छ । ठाउँ फरक भएपनि व्यवसायीका समस्या भने साझा रहेको उनले बताए ।

कार्यक्रममासमितिका दाङ देउखुरी होटल व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष खड्गसिंह पुनमगर र सचिव श्याम कुमार विक लगायतले बोलेका थिए ।

सोमबार विहान पोखराबाट देशका पश्चिम भागमा आन्दरिक पर्यटक बोलाउन निस्केको टोलीले सोमबार नै लमही होटल व्यसायी समिति र कपिलबस्तुका होटल व्यवसायीसंग छलफल गरेको थियो । होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य सुनिता पन्तका अनुसार मंगलबार विहान देउखुरीका होटल व्यवसायीसंग अन्तरक्रिया गरेको टोली अब कोहोलपुर, नेपालगञ्ज, गुलरीय, धनगढी, अत्तरिया, महेन्द्र नगर, चिसापानी र स्वर्गद्वारी पुगरे पोखरा फर्कनेछ ।

  • १३ जेष्ठ २०८२, मंगलवार ०९:१७ प्रकाशित