पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीद्धारा जडित इ.भी ‘फास्ट चार्जिङ’ स्टेसनको उद्घाटन

केन्द्रभाग मिडिया

पोखरा ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लीले फास्ट चार्जिङ स्टेसनको उद्घाटन गरेको छ ।

आज एक कार्यक्रमको आयोजना गरि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लिको प्रांगणमा जडान गरिएको उक्त चार्जिङ मेसिनको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका सरंक्षक केशव प्रसाद अधिकारीले उद्घाटन गरेका हुन् ।

उद्घाटन पश्चात बोल्दै संरक्षक अधिकारीले हिजो पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको प्रांगणमा पेट्रोल पम्प भएकोमा आज समयअनुसार प्रविधियुक्त सवारी व्यवसायीलाई फेरि यसरी सुविधा दिन पाउनु खुसीको कुरा भएको बताए ।

संरक्षक अधिकारीले भविष्यमा यही चार्जिङ स्टेशनको विस्तार स्वरुप ठुलो स्पेसमा जग्गा लिएर अझ व्यवस्थित तरिकाले सेवा प्रदान गरोस भन्नी कामना गरे ।

केवाइ सी चौधरी ग्रुपको सिजी कम्पनीद्धारा ४ महिना अघि प्राप्त भएको उक्त मेसिन विभिन्न चुनौतीको बाबजुद जडान गरिएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लीका अध्यक्ष योगेन्द्र बहादुर केसीले बताए ।

के.सी हाल जडित यस चार्जिङ मेसिनलाई प्रशिक्षणको रुपमा लिएको जनाए । यसको फिडब्याक हेरेर भविष्यमा राम्रो ठाउँ लिई व्यवस्थित तरिकाले सञ्चालन गर्ने बताए ।

इभी गाडी पर्यटन प्रर्वद्धनका लागि पनि उपयुक्त भएकाले भविष्यमा थप व्यवस्थित गरि चार्जिङ स्टेसन राखी यातायात व्यवसायीलाई सुविधा दिने आफुहरुको योजना रहेको सो अवसरमा अध्यक्ष के.सीले बताए ।

यस्तै के.सीले विद्युत प्राधिकरणले तोकेको अनुसार नै चार्जिङ शुल्क लिने बताए ।

 

  • १२ जेष्ठ २०८२, सोमबार १७:१५ प्रकाशित