भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक संलग्न नभएको कांग्रेसको निष्कर्ष

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकालेको छ । आज बिहान बसेको पदाधिकारी बैठकमा मन्त्री लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले भने, ‘जहाँसम्म गृहमन्त्री जीको कुरा छ, उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’

उनले लेखकलाई जबरजस्ती जोडेर अफवाह फैलाइएको समेत बताए ।

  • १२ जेष्ठ २०८२, सोमबार १२:३२ प्रकाशित