रवीन्द्र र धवलशमशेरविरुद्ध राज्यविरुद्धको अपराधसहित ४ मुद्दामा अभियोजन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

तीनकुनेमा राजावादीको पक्षमा प्रदर्शनमा संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबराविरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएको छ । सरकारी वकिलले मिश्रसहित ६५ जनालाई प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरेको हो ।

मिश्र विरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले बताए ।

मुद्दामा ६५ जनालाई प्रतिवादी कायम गरिएको छ । ११ जना फरार प्रतिवादी छन् ।

  • ११ जेष्ठ २०८२, आईतवार १६:५८ प्रकाशित