मनकामना केवलकारको स्टेशनमा रहेको शौचालयमा लडेर भारतीय पर्यटकको ज्यान गयो

केन्द्रभाग मिडिया

Symbolic picture

भरतपुर ।

मनकामना दर्शन गर्न आएका एकजना भारतीय पर्यटकको शौचालयमा लडेर ज्यान गएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केवलकारको स्टेशनमा रहेको शौचालयमा लडेर गुजरात पालनपुरका ६२ वर्षीय मन्नुप्रसाद भट्टको आज ज्यान गएको हो ।

मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार शौचालयमा लडेर अचेत भेटिएका भट्टलाई उपचारार्थ इच्छाकामना आधारभूत अस्पताल कुरिनटार ल्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । शव परीक्षणका लागि भरतपुर अस्पतालतर्फ लगिएको छ ।

  • ११ जेष्ठ २०८२, आईतवार १३:५६ प्रकाशित