गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आज २ बजेका लागि पहिलो बैठक आह्वान गरेका छन् ।

संसद् सचिवालयका अनुसार पहिलो दिनको बैठकमा सबै दलका नेताहरूले सम्बोधन गर्नेछन् । यही अधिवेशनमा सरकारले बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ ।

सोमबार बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत हुने र १९ गते नीति तथा कार्यक्रम संसदमा टेबुल गर्ने बताइएको छ । संविधान अनुसार प्रत्येक असार १ गते प्रदेश सरकारले बजेट प्रस्तुत गर्नुपर्ने बाध्यकारी व्यवस्था छ ।

  • ११ जेष्ठ २०८२, आईतवार ११:०१ प्रकाशित