काठमाडौं ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको समेत संलग्नता रहेको आरोप लागेसंगै उनकै दल कांग्रेस नेताले राजिनामा सुझाव दिएका छन् । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका हुन् ।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न गृहमन्त्री लेखकलाई सुझाव दिए ।
यस क्रममा कोइरालाले विगतमा केही मन्त्रीले राजीनामा दिएर छानबिनमा सघाएको स्मरण पनि गृहमन्त्री लेखकलाई गराए । ‘रमेशजीको कुरा उठेपछि नैतिकताका आधार राजीनामा दिएर छानबिन गर्नुस् तपाईँहरू भने भइहाल्यो नि गृह मन्त्रालय त उहाँकै अन्डरमा छ नि त’, नेता कोइरालाले भने, ‘उहाँले नैतिकताको हिसाब म क्लिन छु, मैले राजीनामा गरेँ। छानबिन समिति बनाउनुस् गर्नुहोस् भने भइहाल्यो नि !त्यसले मोरल स्ट्याटस देखिन्छ।’














