३ महिनामा देशभर ७४ महिला तथा किशोरी बलात्कृत

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

काठमाडौँ ।

पछिल्लो तीन महिनामा देशभर ७४ जना महिला र किशोरी बलात्कृत भएका छन् । महिला पुनर्स्थापना केन्द्र (ओरेक) को प्रतिवेदन अनुसार, माघदेखि चैत २०८१ सम्म अभिलेखित ३१७ वटा महिला हिंसासम्बन्धी घटनामध्ये २३ प्रतिशत बलात्कारका रहेका छन्।

बलात्कृतमध्ये ५१ प्रतिशत पीडित १८ वर्षभन्दा कम उमेरका बालिका तथा किशोरी हुन्। प्रतिवेदनमा उल्लेख गरिएअनुसार पीडकमध्ये सबैभन्दा बढी १८ देखि २५ वर्ष उमेर समूहका किशोर तथा युवा रहेका छन्।

बलात्कारका घटनामा ५४ प्रतिशतमा श्रीमान, छिमेकी वा आफन्त जस्ता आफन्तवत् मानिने व्यक्तिहरू संलग्न छन्।

  • ९ जेष्ठ २०८२, शुक्रबार १७:०६ प्रकाशित