काठमाडौं ।
प्रहरीले तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन बुझाएको छ । अनुसन्धान प्रतिवेदन प्राप्त भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा काफ्लेले बताए ।
उनले भने, ‘प्रतिवेदन आएको छ त्यसअनुसार हामी अभियोग पत्रको तयारी गरिरहेका छौँ ।’ सरकारी वकिल कार्यालयले आइतबार मुद्दा दर्ता गर्ने तयारी गरेको छ । काफ्लेले भने, ‘आइतबार अदालतमा मुद्दा लैजाने गरी काम भइरहेको छ ।’
पुर्व राजा ज्ञानेन्द्र शाहको पक्षमा प्रदर्शनको नेतृत्व गर्ने दुर्गा प्रसाईँलाई हत्या सम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने प्रहरीको राय छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ सहित ८ जना विरुद्ध ज्यान सम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने राय दिएर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताएका छन् ।














