दुर्गा प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अनुमति

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।

काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

चैत १५ गतेको तीनकुने घटनामा पक्राउ परेको प्रसाईंलगायतलाई थप २ दिन हिरासतमा राख्न अदालतले बिहीबार प्रहरीलाई अनुमति दिएको हो ।

प्रहरीले सो घटनाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउन अन्तिम तयारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

  • ८ जेष्ठ २०८२, बिहीबार १७:०६ प्रकाशित