आज सुनको मूल्य तोलामा ५ हजारले बढ्यो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

बुधबार एकैदिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ बढेको छ । मंगलबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९९० रुपैयाँ पुगेको हो ।

  • ७ जेष्ठ २०८२, बुधबार ११:०० प्रकाशित