राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेललाई नियुक्त गर्ने सहमति

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा.विश्वनाथ पौडेललाई नियुक्त गर्ने सहमति भएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सहमति जुटेको स्रोतले जानकारी दिएको छ ।

लामो रस्साकस्सीबीच मंगलबार बिहान उनीहरूबीच सहमति जुटेको हो ।राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. पौडेल यसअघि सिफारिस समितिमा थिए । उनलाई कांग्रेसले गभर्नरका लागि अघि सारेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए ।

  • ६ जेष्ठ २०८२, मंगलवार १५:०८ प्रकाशित