पछिल्लो १२ घण्टामा कास्कीमा सबैभन्दा बढी वर्षा, १२०.२ मिलिमिटर मापन

केन्द्रभाग मिडिया

rain flows down from a roof down

पछिल्लो १२ घण्टामा सप्तरी, रौतहट, चितवन र कास्कीमा अति भारी वर्षा भएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा बढी कास्कीमा १२०.२ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभाग मौमस पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार दिउँसो मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाहरूमा हल्का पानी परिरहेको छ ।महाशाखका अनुसार पछिल्लो १२ घण्टामा चितवनमा १ सय मिमिटर, रौतहटमा ११९.६, सप्तरी १०७ं.४ मिलिमिटर वर्षा मापन भएको छ ।

  • ५ जेष्ठ २०८२, सोमबार १६:४५ प्रकाशित