विराटनगर ।
कोशी प्रदेशका सांसद चढेको गाडी मोरङको कानेपोखरीमा सोमबार दुर्घटनाग्रस्त भएको छ ।
विराटनगर आउँदै गरेको बा ५ च ३५२० नम्बरको रातो कारले सांसद सवार गाडीलाई ठक्कर दिएको हो । गाडीमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरिले जनाएको छ ।















