कालीगण्डकीमा बेपत्ता किशोरको शव गोताखोरले निकाल्यो

केन्द्रभाग मिडिया

म्याग्दीको रघुगंगा गाउँपालिका–३ स्थित कालीगण्डकीमा बेपत्ता किशोरको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ ।

सोही ठाउँ बस्ने १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा जेठ ३ गते नदीमा डुबेर बेपत्ता भएका थिए ।सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा खटिएको गोताखोरसहितको टोलीले उनको शव सोमबार दिउँसो करीव १५ फिट गहिराइबाट निकालेको हो ।

उनको खोजीकार्यका लागि नं. २४ कालिका गण कास्कीबाट सोमबार बिहान ४ जना गोताखोर र ५ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित १९ जनाको टोली परिचालन भएको सशस्त्रका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

  • ५ जेष्ठ २०८२, सोमबार १५:०७ प्रकाशित