नेपाल पहिलोपटक महिला विश्वकपको ग्लोबल छनोटमा पुग्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल पहिलोपटक आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुगेको छ ।

सोमबार सुपर ३ अन्तर्गत यूएईसँगको खेल जित्दै नेपालले ग्लोबल छनोटमा स्थान बनाएको हो । नेपालले युएईलाई ५ विकेटले हरायो ।

यूएईले दिएको ११५ रनको लक्ष् नेपालले १९ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

  • ५ जेष्ठ २०८२, सोमबार १२:४८ प्रकाशित