काठमाडौं ।
रसुवा भन्सार नाकाबाट ठूलो परिमाणमा सुन बरामद भएको छ । चीनबाट भित्र्याउँदै गर्दा भन्सार नाकाबाट प्रहरीले सुन बरामद गरेको हो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले अहिले बरामद सुन परीक्षणको काम भइरहेको बताए ।
प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘भन्सार नाकाबाट सुन बरामद भएको हो । अहिले भन्सार कार्यालयमा सुनको परीमाण परीक्षण भइरहेको छ । त्यसपछि मात्र कति हो भन्ने खुल्ला ।’













