जनकपुरधाम ।
सिरहा प्रहरीले ठूलो परिमाणमा लागुऔषध खैरो हिरोइन र नगदसहित पक्राउ परेका दाजुबहिनी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा लहान नगरपालिका – २२ का ३२ वर्षीय दिनेशकुमार यादव र उनकी बहिनी २६ वर्षीया किरणकुमारी छन् ।
उनीहरुबाट ५५ लाख २२ हजार ९८३ रुपैयाँ नगद र खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लास्टिकसहित २०८.९० ग्राम तथा प्लास्टिकबाहेक २०१ ग्राम बरामद गरिएको सिरहा प्रहरीले जनाएको छ ।
गोप्य सूचनाको आधारमा वैशाख २ मा लहान नगरपालिका-१२ भोटिया टोलबाट पक्राउ परेका उनीहरुलाई आज सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता तथा डीएसपी वीरेन्द्र पासवानले दिनेश लागुऔषध मुद्दामै जेल सजाय काटेको पनि खुलेको जानकारी दिए ।















