पोखरा एकेडेमी स्कुलमा अभिभावक भेला

केन्द्रभाग मिडिया

filter: 0; jpegRotation: 0; fileterIntensity: 0.000000; filterMask: 0; module:1facing:0; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Auto; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 62.0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

पोखरा ।

पोखराको बाटुलेचौरस्थित पोखरा एकेडेमी स्कुलमा अभिभावक भेला सम्पन्न भएको छ ।

नयाँ शैक्षिक सत्रलाई केन्द्रित गरी जुनियर कक्षामा अध्ययन गर्ने विद्यार्थीका अभिभावकसँग भएको अन्तर्क्रियामा विद्यालयले गुणस्तरीय शिक्षाको लागि यस शैक्षिक सत्रमा तय गरेका योजनाको जानकारी दिएको हो। सो अवसरमा अभिभावकबाट प्राप्त सुझावलाई समेत योजनामा समेटेर कार्यान्वयन गरिने जुनियर सेक्सन ईन्चार्ज मोहन थापाले जानकारी दिए ।

भेलामा विद्यालयका प्रिन्सिपल महेन्द्र गुरुङले विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि अभिभावकसँगको निरन्तर समवन्य आवश्यक रहेको बताउँदै, पारिवारिक वातावरण पनि वालवालिका केन्द्रित हुनुपर्नेमा जोड दिए।

उनले विद्यालय शिक्षा गुणस्तरीय बनाउन कुनै कसर बाँकी नराख्ने स्पष्ट पार्दै, भेलाबाट आएका उपयुक्त सुझावलाई तत्काल कार्यन्वयन गरिने उल्लेख गरे। जुनियर ईन्चार्ज मोहन थापाले पाठ्यक्रममा आधारित क्रियाकलापलाई जोड दिदैं, विद्यार्थीका रूची अनुसारका शैक्षिक गतिविधि संचालन गरिने बताए ।

एकेडेमीक डिन नन्दा गुरुङले शैक्षिक तालिका र असल अभ्यासका विषयमा जानकारी दिदैं, अभिभावकसँगको नियमित छलफलले थप सुधार गर्न सहयोग मिल्ने बताए। भेलामा अधिकांश अभिभावकले मोबाइलका कारण वालवालिकामा सिर्जनशिलतामा कमि आएको गुनासो गरे।

उनीहरूले विद्यार्थीमा लागेको मोवाइलको लत छुटाउने प्रयास थाल्न विद्यालयलाई आग्रह समेत गरेका छन्।

  • ४ जेष्ठ २०८२, आईतवार १६:१९ प्रकाशित