रवीन्द्र मिश्रको बहस सकियो, आदेश आउन बाँकी

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बहस सकिएको छ ।

बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र तीलप्रसाद श्रेष्ठको इजलासमा केहीबेर अघि बहस सकिएको छ ।

आदेश भने आउन बाँकी छ ।मिश्रलाई रिहा गर्नुपर्ने मागसहित उनकी पत्नी सारिका कार्कीले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएकी थिइन् ।

  • २ जेष्ठ २०८२, शुक्रबार १७:५३ प्रकाशित