पोखरा ।
आज अमेरिकी डलर, युरो, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको भाउ बढेको छ । तर, अस्ट्रेलियन डलर, पाउन्डसहितका मुद्राको भाउ भने घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३७ रुपैयाँ १९ पैसा छ । विगत दुई दिनसम्म लगातार घटेको अमेरिकी डलरको मूल्य आज बढेको हो । हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ १४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७४ पैसा थियो ।
त्यसैगरि आज युरो १ को खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५८ पैसा छ । हिजो युरो १ को खरिददर १५२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७४ पैसा थियो । त्यस्तै आज पाउन्ड १ को खरिददर १८१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८२ रुपैयाँ २६ पैसा छ । हिजो पाउन्ड १ को खरिददर १८१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८२ रुपैयाँ ३१ पैसा थियो ।
त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९० पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४४ पैसा थियो । कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ २७ पैसा र बिक्रीदर ४४६ रुपैयाँ २२ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ८७ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिददर ३६२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ९२ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ७३ पैसा थियो ।















