घट्यो भेट्रोलियम पदार्थको भाउ

केन्द्रभाग मिडिया

पोखरा ।

पेट्रोलियम पदार्थको भाउ घटेको छ । नेपाल आयल निगमले बिहीबारको मध्यरात १२ बजेपछि लागू हुने गरी पेट्रोल–डिजेलको भाउ घटाएको हो ।

नेपाल आयल निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ घटाएको छ । त्यस्तै डिजेल र मट्टीतेल लिटरमा तीन रूपैयाँ घटाएको जानकारी दिएको छ ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ । चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढीमा अब पेट्रोलको भाउ १५४ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । डिजेल–मट्टीतेलको प्रतिलिटर १३९ रूपैयाँ ५० पैसा पर्नेछ ।

त्यस्तै सुर्खेत र दाङमा अब पेट्रोलको भाउ १५६ रूपैयाँ प्रतिलिटर पर्नेछ । डिजेल–मट्टीतेलको प्रतिलिटर १४१ रूपैयाँ पर्नेछ ।

काठमाडौं, पोखरा र दिपायलमा अब पेट्रोलको भाउ १५७ रूपैयाँ प्रतिलिटर पर्नेछ । डिजेल–मट्टीतेलको प्रतिलिटर १४२ रूपैयाँ पर्नेछ ।

  • १ जेष्ठ २०८२, बिहीबार २२:१७ प्रकाशित