मदन भण्डारीको स्मृति दिवसमा पुस्तक विमोचन र परिचर्चा हुने

केन्द्रभाग मिडिया

पोखरा ।

मदन भण्डारी फाउन्डेसन कास्कीले जननेता मदन भण्डारी र जिवराज आश्रितको ३२ औं स्मृति दिवस मनाउने भएको छ।

सो अवसरमा फाउन्डेसनले प्रकाशन गरेको मार्गदर्शन भाग दुइको विमोचन सहित भाग एकको परिचर्चा कार्यक्रम आयोजना गरिएको अध्यक्ष माधव बास्तोलाले जानकारी दिए।

जेठ २ गते पोखराको साइमन पार्टी प्यालेसमा बिहान ११ बजे कार्यक्रम आयोजना गरिएको उनले उल्लेख गरे। परिचर्चा कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख उपस्थिति र सो पार्टीका उप – महासचिव एनम् नेपाल सरकारका सूचना ,सञ्चार तथा प्रविधी मन्त्री पृथ्वी सुब्बा गुरुङको विशेष उपस्थितिमा कार्यक्रम आयोजना भएको बास्तोलाले उल्लेख गरे।

  • १ जेष्ठ २०८२, बिहीबार १४:११ प्रकाशित