कुटपिटको आरोपमा ऋषिङ गाउँपालिका अध्यक्ष श्रेष्ठविरुद्ध जाहेरी दर्ता

केन्द्रभाग मिडिया

दमौली ।

जग्गा विवादमा एक व्यक्तिलाई कुटपिट गरेको आरोपमा तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ ।

गाउँपालिका अध्यक्ष श्रेष्ठले घरमा बोलाएर ५७ वर्षीय प्रभात आलेलाई कुटपिट गरेको आरोप छ ।

भीमादको मालेबजारमा गाउँपालिका अध्यक्ष श्रेष्ठले आले परिवारको जग्गा खरिद गरेका थिए । त्यो जग्गाको विषयमा उनीहरुबीच ७/८ वर्षदेखि विवाद छ । श्रेष्ठले सहमति गर्न बोलाएर आफूलाई एक्कासी कुटपिट गरेर ज्यान मार्न खोजेको भन्दै आलेले प्रहरीमा उजुरी दिएका छन् ।

इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख इन्सपेक्टर पोषण थापाले गाउँपालिका अध्यक्ष श्रेष्ठविरुद्ध जाहेरी दर्ता भएको पुष्टि गरे ।

  • १ जेष्ठ २०८२, बिहीबार ११:२४ प्रकाशित