अमेरिकी डलरसहित यी मुद्राको भाउ घटयो

केन्द्रभाग मिडिया

पोखरा ।
आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको भाउ घटेको छ । यी मुद्राको भाउ हिजो पनि घटेको थियो । तर, अस्ट्रेलियन डलर, युरो र पाउन्डसहितका मुद्रा भने महँगिएका छन् । यी मुद्राको भाउ हिजो पनि बढेको थियो।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ १४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७४ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा थियो ।

त्यसैगरि आज युरो १ को खरिददर १५२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७४ पैसा छ । हिजो युरो १ को खरिददर १५१ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०२ पैसा थियो ।

त्यस्तै आज पाउन्ड १ को खरिददर १८१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८२ रुपैयाँ ३१ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १७९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८० रुपैयाँ ७४ पैसा थियो ।

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४४ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७४ पैसा थियो ।

त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ८७ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ९२ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ७३ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६२ रुपैयाँ ९९ पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

  • १ जेष्ठ २०८२, बिहीबार ०५:४७ प्रकाशित