पोखरामा भएको माइक्रोबस दुर्घटमा ज्यान गुमाएका तीनैजनाको सनाखत

केन्द्रभाग मिडिया

पोखरा ।

काठमाडौंबाट पोखरा तर्फ आउँदै गरेको ग १ ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस पोखरा ३२ लामेआहालमा दुर्घटना हुँदा ज्यान गुमाएका तीनैजनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतका अनुसार ज्यान गुमाउनेमा पोखरा २५ हेमजाकी ५१ वर्षीया झाङमाया गुरुङ, धादिङको ज्वालामुखी गाउँपालिका–५ की ४५ वर्षीया तिलकुमारी आचार्य र धादिङकै निलकण्ठ नगरपालिका–२ का १५ वर्षीय आगम गुरुङ रहेका छन् ।

त्यस्तै घाइते हुने ८ जनामा पोखरा महानगरपालिका–१४का ४६ वर्षीय रमेश प्रसाद ढुंगाना, उनकी श्रीमती ४५ वर्षीया पार्वती ढुंगाना, धादिङको निलकण्ठ नगरपालिका–४ का २४ वर्षीय राज कुमार परियार, कास्की पोखरा महानगरपालिका–२५ का ३२ वर्षीय सानुबाबु गुरुङ र धादिङ निलकण्ठ नगरपालिका–१३ का ३५ वर्षीय राजु मगर रहेका छन् ।

त्यस्तै घाइते भएकामध्य पोखरा महानगरपालिका–२५ का २७ वर्षीय आइतसिंह गुरुङ, नीलकण्ठ नगरपालिका–१३ का १९ वर्षीय सुदीप गुरुङ र सोही ठाउँका १९ वर्षीय अनुप गुरुङ डिस्चार्ज भएका डीएसपी बस्नेतले बताए ।

  • ३१ बैशाख २०८२, बुधबार २१:५५ प्रकाशित