पोखरा ।
पोखरामा सडक दुर्घटनामा परेर ३ जनाको ज्यान गुमेको छ । काठमाडौंबाट पोखरा तर्फ आउँदै गरेको ग १ ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस पोखरा ३२ लामेआहालमा दुर्घटना भएको हो ।
सो दुर्घटनामा परेर ज्यान गुमाउने मध्य एक जनाको सनाखत भएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।
ज्यान गुमाउने २ महिला र एक पुरुष मध्ये पोखरा २५ हेमजाकी ५१ वर्षीया झाङमायाँ गुरुङको सनाखत भएको उनले बताए । बाँकी दुईजनाको सनाखत हुन सकेको छैन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सोभा पाण्डेका अनुसार दुर्घटनामा परेर चालक सहित ११ जना घाइते भएका हुन्। घाइते मध्ये तीन जनाको ज्यान गुमेको हो ।
एक जनाको अवस्था गम्भिर छ । तीन जना उपचार पस्चात घर फर्केका र बाँकी घाइते मध्य एक जनाको गण्डकी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र बाँकीको पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।















