शान्ति स्तुप नजिक बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा–२२ पुम्दीभुम्दीको शान्ति स्तुप नजिकै दुर्घटना भएको छ ।

बसमा २० देखि २५ जनासम्म यात्रु रहेको प्रारम्भिक खबर आएको छ । बस सडकबाट तल खसेको छ । घटनाबारे बिस्तुत जानकारी आउन बाँकी रहेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताएका छन । घाइतेको उद्धारका लागि पोखराबाट एम्बुलेन्सहरु गएका छन् ।

  • ३१ बैशाख २०८२, बुधबार १३:४६ प्रकाशित