ग्याँस विस्फोटबाट काठमाडौंमा एक महिलाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

काठमाडौँ महानगरपालिका–२४ स्थित मखन गल्लीमा खाना पकाउने ग्याँस पड्किएर आगलागी हुदाँ एक महिलाको ज्यान गएको छ । बुधवार बिहान ६ बजेर ५० मिनेटमा सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको ४ तले घरमा आगो लागेको थियो ।

आगलागीमा परेर सो घरको चौथो तलामा बस्ने एक जना महिलाको ज्यान गएको हो । मखन क्षेत्रमा नाङ्लोमा सामान बेच्दै आएकी करिब ६५ वर्षीया महिलाको ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

आगलागी सुरु भएपछि निसास्सिएर उनको ज्यान गएको आँकलन गरिएको छ । प्रहरी वृत्त जनसेवाका डीएसपी कृष्णकुमार चन्द नेतृत्वको टोलीले आगलागीमा परेका ३ जनालाई उद्धार गरेका छन् । घटनास्थलबाट १ महिला, १ पुरुष र १ जना बच्चाको उद्धार गरिएको एसपी बोहराले बताए । आगो सवा ८ बजे नियन्त्रणमा आएको छ ।

  • ३१ बैशाख २०८२, बुधबार ११:३८ प्रकाशित