काठमाडौं ।
वीपी राजमार्ग अबरुद्ध भएको १३ घण्टापछि खुलेको छ । पहिरो पन्छाएसँगै दिउँसो १ बजेबाट अबरुद्ध सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रहरी नायव उपरीक्षक (डीएसपी) मीनबहादुर घलेले जानकारी दिए ।
सोमबार बेलुका पौने ९ बजे जिल्लाको रोशी गाउँपालिको माम्तीमा रोशी खोलाको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको थियो ।
बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मंगलटारतर्फको सडक बगाएको छ। गएराति यो सडकमा बाढीले थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन सकिएको थिएन।















