विद्युत् प्राधिकरणलाई नियमित विद्युत् दिन रुलिङको माग

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधि सभा सदस्य नारायणी शर्माले अनियमित रुपमा विद्युत कटौती हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गरेकी छन् ।

मंगलबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले बिना सूचना विद्युतको लाइन काटिँदा नागरिक मारमा परेको बताइन् । यो विषयमा नेपाल विद्युत् प्राधिकरणलाई सरकारले रुलिङ गर्नुपर्ने उनको माग छ ।

‘लाइन नियमित दिइयोस् भनेर नेपाल विद्युत् प्राधिकरणलाई सरकारले रुलिङ गरोस्,’ उनले भनिन् ।

  • ३० बैशाख २०८२, मंगलवार १३:२७ प्रकाशित