काठमाडौं ।
हिमपातका कारण अवरुद्ध नाम्खा गाउँपालिका–६ स्थित लिमी–लाप्चा खण्डअन्तरगत न्यालु लेख खुलेको छ ।
नाम्खा गाउँपालिका-६ वडाध्यक्ष पाल्जोर तामाङका अनुसार बाक्लो हिमपातले अवरुद्ध भएको ४,९९० मिटर उचाइमा रहेको न्यालुको सडक पूर्वाधार विकास कार्यालय हुम्लाले हिउँ पन्छयाएपछि खुलाएको हो ।
पुस, मंसिर महिना परेको बाक्लो हिमपातले न्यालु लेख बन्द भएपछि लिमी(लाप्चाबाट मानसरोवर कैलाश दूरदर्शन गर्न पर्यटकहरू र नाम्खा गाउँपालिका ६ का स्थानीयवासीलाई समस्या भएको वडाध्यक्ष तामाङले बताए ।
उनका अनुसार अब लिमी लाप्चा नेपाली भूमिबाट चीनमा रहेको मानसरोवर कैलाशको दूरदर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सहज भएको छ ।
वडा नम्बर -६ को लिमीबाट गाउँपालिका केन्द्र र सदरमुकाममा सिमकोट आउजाउ गर्न पनि सहज भएको तामाङले बताए ।















