अमेरिकी डलरसहित यी मुद्राको भाउ स्थिर, युरोसहित यी मुद्राको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज सोमबार अमेरिकी डलर, बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य स्थिर छ । तर, कुबेती दिनार, युरोसहितका मुद्राको मूल्य घटेको छ । त्यसैगरि अस्ट्रेलियन डलर, पाउन्डसहितका मुद्रा भने महँगिएका छन् ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुरा आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा छ । हिजो र अस्ती पनि अमेरिकी डलरको विनियमदर यही थियो ।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो । नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो ।

त्यसैगरि आज युरो १ को खरिददर १५३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ९९ पैसा छ। हिजो युरो १ को खरिददर १५३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ०७ पैसा थियो । त्यस्तै आज पाउन्ड १ को खरिददर १८१ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८२ रुपैयाँ १५ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १८० रुपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७७ पैसा थियो ।

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४० पैसा र बिक्रीदर ८७ रुपैयाँ ७८ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ २७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६६ पैसा थियो । त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ३० पैसा र बिक्रीदर ४४६ रुपैयाँ २६ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ३१ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ११ पैसा छ। हिजो पनि बहराइन दिनारको विनियमदर यही थियो ।

  • २९ बैशाख २०८२, सोमबार ०७:०७ प्रकाशित