संसदबाट पास भयो आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकार द्वारा प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रमलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ पेस गर्दा यसमा बहुमत सांसदले समर्थन जनाएपछि पारित भएको घोषणा गरेका हुन् ।

गत १९ वैशाखमा संघीय संसद्को संयुक्त बैठकमा पेस भएको नीति तथा कार्यक्रमका पक्षमा सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरु उभिएका थिए भने विपक्षी दलले विरोध गरेका थिए ।

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि संसद्‍मा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए ।

त्यस्तै विपक्षी दलका विभिन्न सांसदहरुले नीति तथा कार्यक्रममाथि पेस गरेका संशोधन प्रस्तावलाई निर्णयार्थ पेस गर्दा अधिकांश अस्वीकृत भएका थिए ।

अब सरकारले जेठ १५ गते संघीय संसद्‍मा आर्थिक वर्ष २०८२/०८३ को बजेट पेस गर्नेछ ।

 

  • २८ बैशाख २०८२, आईतवार १६:०७ प्रकाशित