एजेन्सी ।
श्रीलंकामा बौद्ध तीर्थयात्री सवार बस आइतबार बिहान मध्य पहाडी क्षेत्र कोटमालेको रामबोडा, गेरान्डिएला नजिकै भीरबाट खस्दा २१ जनाको ज्यान गएको छ। भने कम्तीमा ३५ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
यो श्रीलंकाको दशककै सबैभन्दा खराब सडक दुर्घटनामध्ये एक हो। श्रीलंका यातायात बोर्डको बस कातारागामाबाट कुरुनेगालातर्फ जाँदै थियो। बसमा क्षमताभन्दा बढी, करिब ७० यात्रु सवार थिए। दुर्घटना बस चालकले पहाडी भूभागमा बायाँ मोड लिने क्रममा भएको प्रहरीले बताएको छ।
प्रहरीले दुर्घटनाको कारण यान्त्रिक खराबी वा चालक निदाएको हुन सक्ने अनुमान गरेको छ।
‘दुर्घटनामा घटनास्थलमै १५ जनाको ज्यान गएको थियो, र अन्यको अस्पतालमा उपचारको क्रममा ज्यान गएको बताइएको छ।प्रहरीको अनुसार ३५ घाइतेको उपचार भइरहेको छ । मृतकको पहिचान अझै पुष्टि हुन बाँकी छ।















