काठमाडौं ।
सरकारले दक्षिण कोरियामा भाषा अध्ययन र स्नातक तहको अध्ययन गर्न जाने विद्यार्थीका लागि नो अब्जेक्सट सर्टिफिकेट (एनओसी)नदिने भएको छ । कन्सल्टेन्सीहरूको प्रलोभनमा परेर कोरिया पुगेकाहरुको समस्या विकराल भएको भन्दै सिओलस्थित नेपाली दूतावासको सिफारिसमा एनओसी बन्द गरिएको हो ।
सरकारले एनओसी बन्द गर्दा भाषा अध्ययन गरेर पैसासमेत बुझाइसकेको विद्यार्थीहरू बिचल्लीमा पर्ने भन्दै यो वर्षको एनओसी भने नरोक्न शिक्षामन्त्री रघुजी पन्तमाथि दबाब बढेको छ ।
जुन-जुलाई इन्टेकको लागि सबै रकम बुझाइसकेका गरिब तथा मध्यमवर्गका विद्यार्थीले एनओसी नपाए उनीहरूको लगानी र समय समे बर्बाद हुने भएकाले अर्को इन्टेकबाट मात्रै रोक्न शिक्षा मन्त्रालय सकारात्मक बनेको छ ।















