काठमाडौं ।
शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । संयुक्त जनआन्दोलन संघर्ष समितिको बैठकस्थलबाट उनलाई पक्राउ गरिएको हो ।
प्रहरीले अदालतको पक्राउ पूर्जि बोकेर सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा आएका थिए । बस्नेतलाई पनि गत १५ चैतको राजावादी आन्दोलनमा संलग्न रहेको आरोप लगाइएको छ ।
तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।














