ट्रक पल्टिँदा मुग्लिन नारायणघाट सडक अबरुद्ध

केन्द्रभाग मिडिया

पोखरा ।

ट्रक पल्टिँदा मुग्लिन- नारायणघाटसडक खण्डको तुईनखोला भन्ने स्थानमा बाटो अबरुद्ध भएको छ । आज बिहान ७ बजे वीरगन्जबाट काठमाडौं जाँदै गरेको ट्रक पल्टिएर बाटो अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार कोइला लोड गरेको सो ट्रक आफैँ अनियन्त्रित भई पल्टिँदा दुबैतर्फ बाटो अवरुद्ध भएको हो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

दुर्घटनास्थल मुग्लिनबाट दुई किलोमिटर दक्षिणमा पर्दछ । अवरोध खुलाएर बाटो सुचारु गराउने प्रयास भइरहेको डिएसपी खनालले जानकारी दिए ।

  • २८ बैशाख २०८२, आईतवार ०८:५२ प्रकाशित