पोखर ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निजी क्षेत्रको सक्रिय संलग्नता र विकास बिना देश समृद्ध बन्न नसक्ने बताएका छन् । नेपाल विद्युतीय व्यवसायी महासंघको १५ औं साधारण सभाको शनिबार बिहान पोखरामा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मुख्मन्त्री पाण्डेले नेपालमा अथाह सम्भावना र विकासको क्रम भएकाले विद्युतीय व्यवसायमा अथाह सम्भावना रहेको बताए ।
सरकारले विद्युत खपतका योजना ल्याइरहेको भन्दै उनले उत्साहका साथ व्यवसायमा लाग्न व्यवसायीलाई आग्रह गरे । गण्डकी सरकार लगानीमैत्री वातावरण गराउन हरपल तत्पर रहेको जानकारी दिए । प्रदेश सरकारले जग्गा प्राप्त गर्ननसक्दा औधोगिक क्षेत्र स्थापनाको कामलाई अगाडिको बढाउन नसकिएको दुखेसो पोखे ।
संविधानले संघ, प्रदेश र स्थानीय तहको अधिकार र सिमा स्पष्ट पारेको भएपनि कानून बनाएर बाटो नखोल्दा समस्या भएको उनले बताए । उनले जतिधेरै यहाँ उद्योगधन्दा खुल्छन् र चल्छन् त्यति नै राजस्व उठ्ने अनि प्रदेश समृद्ध बन्ने प्रष्ट्याए । सरकारले आफै व्यवसाय नगर्ने भन्दै वातावरण भने बनाउने काम सरकारको रहेको उनको भनाई छ ।
नेपाल उद्योग वाणिज्य महासंघका खेलकुद समिति सभापति हरि बहादुर कार्कीले स्वदेशमा उद्योग स्थापना गर्न प्रोत्साहन नभएको र कच्चा पदार्थ ल्याउन पनि निकै झण्झट रहेको अनुभव सुनाए । उनले विद्युत खपतको ठोस योजना ल्यान सरकारलाई आग्रह गरे । व्यवसायीलाई विभिन्न ढंगले धरपकट गर्ने कार्य भएको भन्दै उनले यसले व्यवसायीक वातावरण बन्न नसक्ने धारणा राखे ।
संविधानसभा सदस्य प्रिमियर वयर्स प्रालिका प्रबन्ध निर्देशक पवन कुमार सारदाले उद्योगी व्यवसायी र सर्वसाधारण नगरिक पनि देश छोड्ने लहर चलेको भन्दै यसले मुलुकलाई दीर्घकालीन असर पार्ने धारणा राखे ।
कोशी प्रदेशमा लगानी सम्मेलन गरेको पृष्ठभूमि उल्लेख गर्दै उनले देशमै लगानीको वातावरण बनाउन सरकारले व्यवसायी प्रतिको दृष्टिकोण बदल्नुपर्ने धारणा राखे ।
नेपाल विद्युत व्यवसायी महासंघका निवर्तमान अध्यक्ष सुदर्शन प्रसाद पौडेलले तत्काल एमआरपी राख्न बाध्य नपार्न आग्रह गरे । उनले आफूहरू कारोबारका आधारमा सम्मानका साथ कर तिर्न तयार रहेको बताए ।
अनुगमनका नाममा व्यवसायीलाई आतंकित नपार्न उनले आग्रह गरे । एमआरपी लागू गर्न समय लाग्ने उनको भनाई छ । राज्यले कति समय भनेर तोक्नुपर्ने उनले धारणा राखे ।
कार्यक्रममा बाल्दै नेपाल विद्युतीय महासंघका केन्द्रीय अध्यक्ष रेसम प्रसाद देवकोटाले व्यवसायीका समस्या समाधानका लागि महासंघ लागिपरेको जानकारी दिए । उनले व्यवसायीक वातावरणका लागि राज्यलाई घच्घच्याउन साधारणा सभाले बल पुर्याउने उनले अपेक्षा प्रकट गरे ।















