काठमाडौं ।
पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ । भारतले आक्रमण गरेको भन्दै पाकिस्तानले प्रत्याक्रमणको घोषणा गरेको हो । पाकिस्तानको सरकारी टेलिभिजन र सेनाका पब्लिक रिलेसन विभागले यसका जानकारी गराएको हो ।
पाकिस्तानले प्रत्याक्रमणको नाम ‘अपरेसन बानयन मर्सस’ राखेको छ। यस अघि भारतले आफ्नो भूमिमा पाकिस्तानले आक्रमण गरेको आरोप लगाए पनि पाकिस्तानले भने आफूले घोषण गरेर मात्र आक्रमण सुरु गर्ने बताएको थियो ।
यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरीफले एक टेलिभिजन सम्बोधनमार्फत भारतले पाकिस्तानका तीन वायुसेना अड्डाहरूमा मिसाइल आक्रमण गरे पनि सबै वायुसेना संरचनाहरू सुरक्षित रहेको जिकिर गरेका छन् ।
उनका अनुसार भारतले रावलपिन्डीको नूर खान एयरबेस, चकवाल सहरको मुरीद एयरबेस र झांग जिल्लास्थित रफीकी एयरबेसमा आक्रमण गरेको हो ।















