काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका लागि सातौं पटक अदालत लगिएको छ । वैशाख २१ मा थपिएको ५ दिनको म्याद सकिएसँगै उनलाई जिल्ला अदालत काठमाडौं पुर्याइएको हो ।
मिश्रलाई आज पनि हत्कडी लगाएरै अदालत पुर्याइएको थियो । गाडीबाट ओर्लिएपछि पनि हत्कडी नफुकालिएको त्यहाँ पुगेका राप्रपा केन्द्रीय सदस्य रञ्जन कार्कीले बताएका छन् ।














