जेठ १५ देखि अनिश्चितकालीन जनआन्दोलन गर्ने राजावादीको घोषणा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राजावादी समूहले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा गरेको छ ।

बिहीबार राजसंस्था पुनर्स्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जन आन्दोलन समितिले पत्रकार सम्मेलन गर्दै उक्त घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा उनले राजसंस्था स्थापना नभएसम्म आन्दोलन जारी रहने समेत बताए ।

सुवेदीले आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने बताए । जनआन्दोलन घोषणा सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देन,राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत सहभागी छन् ।

  • २५ बैशाख २०८२, बिहीबार १४:५६ प्रकाशित