चितवन ।
रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको ज्यान गएको छ ।निजको भरतपुर अस्पतालमा उपचारका क्रममा आज ज्यान गएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।
केही महिनाअघि उनलाई कुकुरले टोकेको थियो । उपचारमा विलम्ब हुँदा निजको ज्यान गएको हो । उनी उपचारका लागि बुधबार मात्र अस्पताल भर्ना भएका थिए ।














