डीडीसीले किसानलाई दूधको पैसा नदिएको भन्दै सांसदद्वारा सरकारको ध्यानाकर्षण

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपाल दुग्ध विकास संस्थानले किसानले बेचेको दूधको पैसा ५ महिनादेखि नदिएको भन्दै दिने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद सापकोटाले ६ महिनादेखि दूधको पैसा नपाएपछि किसानलाई पशु पाल्न गाह्रो भएको भन्दै रकम भुक्तानीका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

  • २५ बैशाख २०८२, बिहीबार १२:५१ प्रकाशित