पोखरा ।
कृषि उपज थोक बजार (मन्डी) शान्ति वन पोखराले बिहीबारका लागि तरकारीको थोक मूल्य तोकेको छ । ठूलो गोलभेडाको प्रतिकिलो ५० देखि ५५ रुपैयाँ मूल्य रहेको छ ।
त्यस्तै, सानो गोलभेडाको मूल्य प्रतिकिलो ४३ देखि ५२ रुपैयाँसम्म रहेको छ । फर्सीको मुन्टा प्रति मुठा ६० देखि ८० रुपैयाँसम्म, रायोको साग प्रति मुठा ४० रुपैयाँसम्म, मेथीको साग ३० रुपैयाँ देखि ४० रुपैयाँसम्म, पालक साग प्रति मुठा ३० देखि ४० रुपैयाँसम्म रहेको छ ।
रातो आलु प्रतिकिलो ३५ रुपैयाँदेखि ४० रुपैयाँ, सेतो आलुको २५ देखि ४० रुपैयाँ रहेको समितिले बताएको छ । ब्रो काउलेको आजको मूल्य प्रतिकेजी ८० देखि १०० रुपैयाँसम्म रहेको छ । च्याउ कन्चेको प्रति केजी १६० रुपैयाँदेखि २०० रुपैयाँसम्म र डल्ले च्याउ प्रतिकेजी ३५० देखि ४०० रुपैयाँसम्म रहेको छ ।
आजको तरकारीको मूल्यसूची


















